आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ २ २०८३
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व संकलन

यसबाट राज्यकोषमा २० लाख ३९ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २० लाख ३९ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५,  संकेत बत्ती उल्लंघनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो। 

यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७२ जनालाई कारबाही गरिएको हो। रासस


प्रकाशित : शनिबार, जेठ २ २०८३१३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend