आइतबार, जेठ ६ गते २०८१    
images
images

नागरिक उड्डयन प्राधिकरणका दुई उपमहानिर्देशकले दिए राजीनामा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २ २०७८
images
images
नागरिक उड्डयन प्राधिकरणका दुई उपमहानिर्देशकले दिए राजीनामा

नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जना उपमहानिर्देशकले राजीनामा दिएका छन्। उपमहानिर्देशक देवानन्द उपाध्याय र नरेन्द्रबहादुर थापाले राजीनामा दिएका हुन्।

images
images

काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जना उपमहानिर्देशकले राजीनामा दिएका छन्। उपमहानिर्देशक देवानन्द उपाध्याय र नरेन्द्रबहादुर थापाले राजीनामा दिएका हुन्।

images
images
images

उनीहरूले प्राधिकरणको काममा विरोध गर्दै राजीनामा दिएका भने हैनन्। अवकाशको समय नजिकिएसँगै उनीहरुले राजीनामा दिएका हुन्।

images

दुबै जना उपमहानिर्देशक असोज ८ गते स्वत: अवकाश हुँदै छन्। प्राधिकरणका १२ औं तहममा बढुवा भएपछि ६ वर्षसम्म काम गर्न पाइन्छ। सोही व्यवस्थाअनुसार उनीहरू असोज ८ गते स्वत: अवकाश हुने भएपछि केही दिन अगाडिनै पदबाट राजीनामा दिएको उपाध्याय बताउँछन्।

images
images

प्राधिकरणमा अहिले १२ तहमा रहेको ६ जना मध्ये ३ जना असोज ८ गते अवकाश हुँदै छन्। त्यसमध्ये, राजन पोखरेल महानिनर्देशक छन्। पोखरेल पनि ८ गतेबाट अवकाश हुँदै छन्।  त्यसबाहेक १२ तहमा रहेका उपमहानिर्देशक राजकुमार क्षेत्री पुस २५ गते र भोला गुरागाइँ फागुन २७ अवकाश हुँदै छन्। 

images
images


प्रकाशित : शनिबार, असोज २ २०७८०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend