आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अत्यावश्यकबाहेक कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १ २०८३
अत्यावश्यकबाहेक कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरुलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ।

काठमाडौं- सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो।

मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरुलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ।


प्रकाशित : शुक्रबार, जेठ १ २०८३१२:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend