आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कावासोतीको मकैबारीमा गैँडा मृत भेटियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १ २०८३
कावासोतीको मकैबारीमा गैँडा मृत भेटियो

खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको छ।

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका-१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ।

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए।

उनका अनुसार वयस्क गैँडा मरेको हो। खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १ २०८३१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend