आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सामाजिक सुरक्षा कोषमा जोडियो भगवान कोइरालाको बाल अस्पताल

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३१ २०८३
सामाजिक सुरक्षा कोषमा जोडियो भगवान कोइरालाको बाल अस्पताल

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट कोषअन्तर्गत आफ्ना सन्ततिहरुको लागि उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक प्रेम प्रसाद आचार्य तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष एवं वरिष्ठ चिकित्सक भगवान कोइरालाले हस्ताक्षर गरेका छन्।

यस सम्झौतासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट कोषअन्तर्गत आफ्ना सन्ततिहरुको लागि उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्नेछन्।

सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले योगदानकर्तामैत्री स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचारमा पहुँच अभिवृद्धि तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend