पाँचथर- हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा जिल्लाका ६ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ।
१ संस्थागत र ५ सामुदायिक विद्यालयबाट परीक्षामा ननग्रेडेड भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ‘ग्रेडेड’ भएका छन्।जुन कूल सङ्ख्याको ४९ प्रतिशत हो।
यस्तै प्राविधिक धारतर्फ १ सय २२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन्। जिल्लामा दुई जना विद्यार्थी ४ जीपीएसहित ग्रेडेड भएका छन्।
