आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

चिनी निर्यातमा रोक लगायो भारतले

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३१ २०८३
चिनी निर्यातमा रोक लगायो भारतले

आन्तरिक बजारको माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि भन्दै भारतले चिनीको निर्यातमा रोक लगाएको हो। सेप्टेम्बर ३० सम्मका लागि यस्तो

काठमाडौं- भारत सरकारले सबै प्रकारका चिनीको निर्यातमा रोक लगाएको छ। सार्वजनिक सूचना अनुसार कुनै पनि प्रकारको चिनीको निर्यातमा रोक लगाइएको हो। 

आन्तरिक बजारको माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि भन्दै भारतले चिनीको निर्यातमा रोक लगाएको हो। सेप्टेम्बर ३० सम्मका लागि यस्तो रोक लागेको हो। 

तर कोटामा आधारित निर्यात हुने अमेरिका र युरोपियन युनियनका हकमा भने यो लागू हुने छैन। सम्झौतामा उल्लेखित कोटा अनुसार यी क्षेत्रमा निर्यात निरन्तर हुनेछ। 

मूल्यवृद्धिको जोखिम, कमजोर रुपैयाँ तथा घट्दो विदेशी मुद्राको सञ्चितिलाई मध्यनजर गर्दै भारतले व्यापारमा नियन्त्रण सुरू गरेको छ। यसअघि सुनको भन्सार बढाएको थियो।

त्यस्तै मूल्यवृद्धिको जोखिमलाई ध्यान दिंदै चिनको निर्यात रोकिएको छ। 


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend