काठमाडौं- सहकारीपीडितले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरुले बुधबार कार्यलय घेराउ गरेका हुन्।
देउराली सहकारीसहित अन्य सहकारी पीडतहरुले सहकारीलाई समस्याग्रस्त घोषणा गरि आफूहरुको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन्।
सहकारी पीडितहरुले बागमती प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन्। पीडितहरुले कार्यलयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै आक्रोश व्यक्र गरेका छन्।
