काठमाडाैं- बैशाख महिनामा हिमाल आरोहणका क्रममा ज्यान ५ जनाले ज्यान गुमाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ५ जनाको नामावली सार्वजनिक गरेको हो।
विभागका अनुसार सगरमाथामा ३ जना नेपाली पथप्रदर्शक र मकालु हिमालमा २ जना विदेशी आरोहीको निधन भएको हो।
मृतकहरुमा सोलुखुम्बुका गाइड लाक्पा डेण्डी शेर्पाको सगरमाथा आधार शिविर नजिकै बैशाख २० गते निधन भएको हो। सोलुखुम्बुकै गाइड विजय घिमिरेको सगरमाथाको खुम्बु आइसफलमा बैशाख २७ गते र फुरा गेलजेन शेर्पाको सगरमाथाको तेस्रो शिविरमा बैशाख २८ गते निधन हो।
त्यसैगरि, चेक रिपब्लिकका डेभिड रुबिनेक मकालु २ मा ७३०० मिटरमा बैशाख २१ मा निधन भएकाे छ भने अमेरिका जोहानेसन शेली मकालु १ ७२०० मिटर मा वैशाख २८ गते निधन भएको हाे।
