काठमाडौं- मंगलबारको तुलनामा नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ७ सय १० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार एक तोला सुन ३ लाख २ हजार ९ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय २५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
