मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३० २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७२ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो १२० रुपैयाँ, मकै बोडी प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १६० रुपैयाँ, तीते करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ५५ रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ७० रुपैयाँ, चिचिन्डो प्रतिकिलो ४५ रुपैयाँ, घिरौँला प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, भिन्डी प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो प्रतिकिलो १०० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३५ रुपैयाँ, चमसुरको साग प्रतिकिलो १०० रुपैयाँ, मेथीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४२० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३२० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, सजीवन प्रतिकिलो १२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ६० रुपैयाँ, जिरीको साग प्रतिकिलो १३० रुपैयाँ, पार्सले प्रतिकिलो २६० रुपैयाँ, सेलरी प्रतिकिलो ११० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो १०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, कागती प्रतिकिलो ३५० रुपैयाँ, अनार प्रतिकिलो ५०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो ३०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ४५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ७० रुपैयाँ, रुखकटहर प्रतिकिलो ७० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ र एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, अदुवा प्रतिकिलो १६० रुपैयाँ, नरिवल हरियो प्रतिकिलो १७० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ७० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ७० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १५० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १२० रुपैयाँ, माछा (सुकेको) प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख ३० २०८३१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend