मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

बुधबार, वैशाख ३० २०८३
प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ।  बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ।

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ।  बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए।

सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुनेछ। 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ।


प्रकाशित : बुधबार, वैशाख ३० २०८३१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend