मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

डीडीसीका कर्मचारीलाई सित्तैमा दूधघिउ दिने व्यवस्था रोक्न कृषिमन्त्रीको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २९ २०८३
डीडीसीका कर्मचारीलाई सित्तैमा दूधघिउ दिने व्यवस्था रोक्न कृषिमन्त्रीको निर्देशन

कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ।

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी हुन्।

आज यहाँ आयोजित छलफलमा उनले कर्मचारीहरूले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गुनासो आएको भन्दै सो कार्य तत्काल रोक्न निर्देशन दिएका हुन्।

मन्त्री चौधरीको निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक ७८ लाख रुपैयाँ जोगिने उनको सचिवालयले जनाएको छ।

'संस्थान घाटामा छ। किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लिने कुरा राम्रो होइन। त्यसैले यस्तो कार्य तत्काल रोकौँ, संस्थानको हितका लागि गम्भीर भएर काम गरिनुपर्छ' निर्देशनका क्रममा मन्त्री चौधरीले भने।

कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३१८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend