मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अछाममा भारतको आर्थिक सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २९ २०८३
अछाममा भारतको आर्थिक सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

नयाँ संरचनाले मेल्लेख गाउँपालिका, अछामका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

काठमाडौं- अछामको मेल्लेख गाउँपालिका-४ मा रहेको श्री बासुकी माध्यमिक विद्यालयको भवन निर्माणका लागि आज भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

भारत सरकारको आर्थिक सहयोग करिब ३ करोड ८० लाख रुपैयाँको लागतमा यस विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना मेल्लेख गाउँपालिका, अछाममार्फत कार्यान्वयन गरिनेछ।

अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनीहरुले नयाँ संरचनाले मेल्लेख गाउँपालिका, अछामका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३१६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend