मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अर्थमन्त्रीले सार्वजनिक गरे एक महिने कामको विवरण : प्राथमिकता कानून निर्माणमा

मंगलबार, वैशाख २९ २०८३
अर्थमन्त्रीले सार्वजनिक गरे एक महिने कामको विवरण : प्राथमिकता कानून निर्माणमा

१५/१५ दिनमा तलब दिने, दुई दिन बिदाजस्ता काम पनि भएको, ई-पेन्सनलगायतका प्रशासनिक सुधार गरिएको उनले जानकारी गराएका छन्।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक महिनामा गरेको कामको विवरण सार्वजनिक गरेका छन्। उनले ३० दिनमा गरेका काम र उपलब्धीका बारेमा अर्थ समितिको बैठकमा जानकारी गराएका हुन्।

अर्थतन्त्रको आकारलाई अर्थपूर्ण विस्तारका लागि निजी क्षेत्रमैत्री नीति निर्माणको तयारी भएको उनले बताए। ओम्निबस सुधारजस्तो कानूनका लागि मस्यौदा बनाइएको र यही अधिवेसनमा पेस हुने उनले जानकारी दिए।

ठूला र रणनीतिक आयोजनालाई विशेष कानूनी हैसियतमा अघि बढाउन कानून निर्माणको काम अघि बढेको उनले जानकारी दिए।

अतिरञ्जित बजेट निर्माणको कामलाई सुधारको प्रयास गरिएको उनले बताए। सरकारले विनियोजन गरेको खर्च नहुने अवस्थामा निजी क्षेत्रबाट पनि पूर्वाधार बनाउनका लागि वैकल्पिक वित्त विधेयक आज पेस हुने उनले बताएका छन्।

यो विधेयकलाई बजेट अघि पारित गर्न उनले समितिसमक्ष आग्रह पनि गरेका छन्।

१५/१५ दिनमा तलब दिने, दुई दिन बिदाजस्ता काम पनि भएको, ई-पेन्सनलगायतका प्रशासनिक सुधार गरिएको उनले जानकारी गराएका छन्।

सुशानका लागि पनि नेपाल प्रहरीसँग सहकार्य तथा सबल बनाउन काम गरिएको उनको भनाइ छ।

बजेटको सन्दर्भमा पनि राम्रा आयोजना कुनै पनि हालतमा नछुट्ने र त्यसका लागि स्रोत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

आजका दिनमा १३ खर्ब ३० अर्ब दायित्व रहेको र राजस्व पनि त्यही अनुपातमा आउने उनको भनाइ छ। यस्तोमा पनि देश विकासका लागि स्रोतको कमी नहुने तर परियोजना क्रियटिभ हुनुपर्ने उनले बताए। 


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend