मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने, निजी विद्यालयलाई सेवामुखी बनाइने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने, निजी विद्यालयलाई सेवामुखी बनाइने

सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूति गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

काठमाडौं- सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूति गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रममा आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाइने, साथै विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक र पोसाक सहज रूपमा उपलब्ध गराइने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

सरकारले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गर्ने तथा शिक्षण प्रणालीलाई समयानुकूल सुधार गर्ने नीति लिएको जनाएको छ।

त्यसैगरी निजी विद्यालयहरूलाई नाफामुखीभन्दा सेवामुखी बनाउने दिशामा अघि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले शिक्षा क्षेत्रलाई पहुँचयोग्य, समावेशी र गुणस्तरीय बनाउने लक्ष्य लिएको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१७:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend