मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कार्बन प्राधिकरण गठन हुने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
कार्बन प्राधिकरण गठन हुने

नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिने जनाइएको छ।

काठमाडौं- नेपालमा कार्बन प्राधिकरण गठन हुने भएको छ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। उनले वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने पनि बताए।

अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिने पनि राष्ट्रपति पौडेलले बताए। सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिने समेत सरकारको योजना छ।

नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिने जनाइएको छ। वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना, निरन्तर निगरानी तथा अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिने जनाइएको छ। 


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend