मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मध्यमवर्गमाथिको करको बोझ घटाउने, कर विवाद समाधानका लागि द्रुत संयन्त्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
मध्यमवर्गमाथिको करको बोझ घटाउने, कर विवाद समाधानका लागि द्रुत संयन्त्र

यस्तोमा सरकारले छरिएका शुल्कलाई एकै ठाउँमा ल्याउने तथा आयकर छुटको सीमा बढाउने तयारी गरेको छ।

काठमाडौं- सरकारले मध्य वर्गमाथि रहेको करको बोझ घटाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले आगामी बजेटबाट करको बोझ घटाउने घोषणा गरेको हो। 

प्रत्यक्ष तथा अप्रत्यक्ष करबाट न्यून मध्यम वर्गमाथि करको बोझ बढेको पछिल्लो समय गुनासो बढेको छ। यस्तोमा सरकारले छरिएका शुल्कलाई एकै ठाउँमा ल्याउने तथा आयकर छुटको सीमा बढाउने तयारी गरेको छ। 

त्यस्तै उद्योगी व्यवसायीका लागि करको संरचनामा सुधार गर्ने सरकारले घोषणा गरेको छ। करको विवाद समाधानका लागि द्रुत संयन्त्र बनाउने घोषणा सरकारले गरेको छ। 

विभिन्न नाममा रहेका शुल्कलाई एकै ठाउँमा ल्याएर हरित कर बनाउने सरकारको घोषणा रहेको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend