मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

तोकिएकोभन्दा बढी लगानी गर्नेलाई ‘नेपाल लगानी भिसा’ प्रदान गरिने

सोमबार, वैशाख २८ २०८३
तोकिएकोभन्दा बढी लगानी गर्नेलाई ‘नेपाल लगानी भिसा’ प्रदान गरिने

सरकारले तोकिएको सीमाभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने भएको छ।

काठमाडौं- सरकारले तोकिएको सीमाभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा दीर्घकालीन व्यवसाय सञ्चालनका लागि सहजता प्रदान गर्ने उद्देश्यले ‘नेपाल लगानी भिसा’ व्यवस्था लागू गर्न लागेको जनाएको छ।

नीति तथा कार्यक्रममा सरकारले तोकेको न्यूनतम सीमाभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्तालाई विशेष सहजीकरणसहित भिसा सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।

सरकारले विदेशी लगानी स्वीकृति प्रक्रिया सरल बनाउने, उद्योग स्थापना तथा सञ्चालन प्रक्रियालाई छिटो र व्यवस्थित बनाउने तथा लगानीसम्बन्धी प्रशासनिक झन्झट घटाउने नीति पनि अघि सारेको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend