काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गरेका छन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने लक्ष्य लिएको छ। यसका लागि सबै राजनीतिक दलसँग संवाद गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
