मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रूपान्तरणकारी योजनालाई स्पष्ट बजेट र लक्ष्यसहित अघि बढाइने

सोमबार, वैशाख २८ २०८३
रूपान्तरणकारी योजनालाई स्पष्ट बजेट र लक्ष्यसहित अघि बढाइने

काठमाडौं- सरकारले रूपान्तरणकारी योजनालाई स्पष्ट बजेट र लक्ष्यसहित अघि बढाइने योजना अघि सारेको छ। 

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

दोहोरो करमुक्ति सम्झौता विस्तार गरिने, मूल्य अभिवृद्धिलगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित बनाइने, सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसाथ गरिने, सहकारी बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत सुरक्षा कोष बनाइने जनाइएको छ।

कर्जा सूचना प्रणालीलाई सुदृढ गरिने, पुँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड बम्मोजिम विकास गरिने, गैरआवासीय लगानी सहज बनाइने, दीर्घकालीन पुँजी निर्माणमा ध्यान दिइने जनाइएको छ।

निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको अवधारणा अवलम्बलन गरिने पनि उल्लेख गरिएको छ। 


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend