मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

दोहोरो कर उन्मुक्ति सम्झौता विस्तार गरिने

सोमबार, वैशाख २८ २०८३
दोहोरो कर उन्मुक्ति सम्झौता विस्तार गरिने

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गरेका छन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले दोहोरो कर उन्मुक्तिका लागि विभिन्न देशसँग भएको सम्झौता विस्तार गर्ने लक्ष्य लिएको छ।

नयाँ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वैदेशिक लगानी आकर्षित गर्न, व्यापार विस्तार गर्न तथा कर प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार थप व्यवस्थित बनाउन विभिन्न देशहरूसँग दोहोरो करमुक्ति सम्झौता (डीटीएए) अगाडि बढाइने उल्लेख गरिएको छ।

सरकारले यस्तो सम्झौतामार्फत विदेशी लगानीकर्तालाई एउटै आम्दानीमा दुई देशमा कर तिर्नुपर्ने अवस्थाबाट राहत दिने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend