मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सोमबार, वैशाख २८ २०८३

सरकारको आगामी पाँच वर्षको लयलाई प्रतिबिम्बित गर्नेगरी नीति तथा कार्यक्रम तयार भएको र सोहीअनुसारका घोषणा भइरहेको छ।

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन्।

आज बिहान नै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको थियो।

सरकारको आगामी पाँच वर्षको लयलाई प्रतिबिम्बित गर्नेगरी नीति तथा कार्यक्रम तयार भएको र सोहीअनुसारका घोषणा भइरहेको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend