बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कैलालीमा भारतको आर्थिक सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
कैलालीमा भारतको आर्थिक सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

भारत सरकारको आर्थिक सहयोग करिब ३ करोड ६० लाख रुपैयाँको लागतमा विद्यालय भवनको निर्माण हुँदैछ।

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माणका लागि भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले शिलान्यास गरेका छन्।

भारत सरकारको आर्थिक सहयोग करिब ३ करोड ६० लाख रुपैयाँको लागतमा विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना धनगढी उपमहानगरपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनीहरुले नयाँ संरचनाले धनगढी उपमहानगरपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

छिमेकीको रुपमा भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। 


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend