बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

डेढ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

सोमबार, वैशाख २८ २०८३
डेढ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल सञ्चालनमा

टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ।

काठमाडौं- टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ।

आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो। 

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो। बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो। विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो। विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend