बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विभिन्न सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा योजना आयोगको सिफारिस

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २७ २०८३
विभिन्न सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा योजना आयोगको सिफारिस

भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि ९ अर्ब ९० करोड रुपैयाँ प्रस्ताव भएको थियो।

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ।

आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ सडक, खुलालु-सल्लिसल्ला सडक र सोअन्तर्गतका छ वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा-सिमकोट) सडक, लेले भारदेव-चन्दपुर ठूला दुर्लुङ सडक, भेरी कोरिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे-धो) रिम्ना सडक खण्डका १४ वटा पुल, रोल्पास्थित सहिद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो।

भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि ९ अर्ब ९० करोड रुपैयाँ प्रस्ताव भएको थियो। सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न ५३ आयोजनाका लागि पनि ३ अर्ब ८१ करोड ७ लाख रुपैयाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफरिस गरिएको छ।

आयोगले नरदेवीस्थित आयुर्वेद चिकित्सालय (ब्लक बी), लगनखेलस्थित मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधासहितको १०० शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लगि सुरु विनियोजन रकमको चार गुणाभन्दा बढी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिस गरेको छ।


प्रकाशित : आइतबार, वैशाख २७ २०८३१७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend