बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ई-बिडिङमा अनधिकृत पहुँच बनाएर ठेक्का : बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

आइतबार, वैशाख २७ २०८३
ई-बिडिङमा अनधिकृत पहुँच बनाएर ठेक्का : बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट अनधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्रा अर्थात क्रिप्टो कारोबारको समेत कसुर लगाइएको छ।

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-बिडिङमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा राप्रपा नेता बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वलिक कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दायर गरेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै उजुरी परेपछि अनुसन्धान अघि बढेको हो। 

कालिका कन्स्ट्रक्सनका सञ्चालक ७४ वर्षीय विक्रम पाण्डेसहित सहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटर ३३ वर्षीय दिवाकर देउजा, बझाङको दुर्गाथली गाउँपालिका-३ का २५ वर्षीय भरत धामी, तनहुँको बन्दीपुर घर भएका थुम्का निर्माण सेवा प्रालिका सञ्चालक ३९ वर्षीय सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्सन र शिवओम सप्लायर्सका सञ्चालक ४० वर्षीय सागर कटुवाल,  काठमाडौंका ३५ वर्षीय भाष्कर कटुवाल छन्।

त्यसैगरी गीताञ्जली कन्स्ट्रक्सन दुवहीका सञ्चालक ६२ वर्षीय जीवनकुमार दास, शिभांश निर्माण सेवाका सञ्चालक ३९ वर्षीय अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक ६४ वर्षीय टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक ३२ वर्षीय अमृत बोहोरा, आइकोन प्रालिका सञ्चालक ३० वर्षीय स्वदेश पोखरेल रहेका छन्।

कल्पवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली, केबीके कन्स्ट्रक्सनका सञ्चालक राहुलजंग कार्की, मान कन्स्ट्रक्सनका सञ्चालक नारायणप्रसाद सिटिखु, रेमिट इन्फास्ट्रक्चरका सञ्चालक इन्द्रबहादुर बोहोरा, एसके कन्स्ट्रक्सनका सञ्चालक शान्तकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ।

दक्षिणकाली अल ओभरका सञ्चालक निरञ्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माणका प्रोक्युरमेन्ट ज्योति सुवेदी, चपुर निर्माण र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिकका सञ्चालक सुजन अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट अनधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्रा अर्थात क्रिप्टो कारोबारको समेत कसुर लगाइएको छ।


प्रकाशित : आइतबार, वैशाख २७ २०८३१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend