बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २७ २०८३
चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फेला पारी फिर्ता गरिएको हो।

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए। उनका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको छ।

कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फेला पारी फिर्ता गरिएको बताए।

'बैशाख महिनामा हामीले ८ वटा बाइकहरु पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौँ भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरु सवारी धनीलाई जिम्मा लगाएका छौँ। बाइकमा जीपीएस जडान गर्‍यौँ, सही ठाउँमा पार्किङ गर्‍यौँ भने चोरी हुन सक्दैन। बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन’

उनले सवारी चोरी हुनबाट बच्न जीपीएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गरे। 


प्रकाशित : आइतबार, वैशाख २७ २०८३१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend