बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २६ २०८३
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व संकलन

चालु आवमा दुई करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम संकलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए।

जुम्ला- यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख २४ गतेसम्म एक करोड १६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

चालु आवमा दुई करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम संकलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए। 

संकलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत एक हजार ५७५ रुपैयाँ रहेको छ।  

कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन्। सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्रसम्बन्धी मोटरसाइकल-स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २६ २०८३१५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend