बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व संकलन

शनिबार, वैशाख २६ २०८३
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व संकलन

यसबाट राज्यकोषमा २२ लाख १२ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं- बितेका २४ घण्टामा दुई  हजार ३४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। 

यसबाट राज्यकोषमा २२ लाख १२ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक संकेत उल्लंईनकर्ता ८७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २१० जनालाई कारबाही गरिएको हो। 

यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९६, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९ जनालाई कारबाही गरिएको हो। रासस


प्रकाशित : शनिबार, वैशाख २६ २०८३१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend