बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

राष्ट्रपतिले वैशाख २८ मा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने, १५ अनररी कन्सल पदमुक्त

शुक्रबार, वैशाख २५ २०८३
राष्ट्रपतिले वैशाख २८ मा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने, १५ अनररी कन्सल पदमुक्त

सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन गराउने निर्णय गरेको छ।

काठमाडौं- सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन गराउने निर्णय गरेको छ।

बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सम्माननीय राष्ट्रपतिसमक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सम्बोधन गर्न तथा त्यसका लागि संघीय संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ‘बाध्यकारी श्रम महासन्धि, १९३०’ सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

यस्तै, श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसद्समक्ष पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend