बागलुङ- विपन्न वर्गका बालबालिकालाई पढाउन काठेखोला गाउँपालिका-२ भीमापोखराका सम्मरबहादुर थापाले स्थानीय मन्द्रीदेव माध्यमिक विद्यालयमा २ लाख ५० हजारको अक्षयकोष स्थापना गरेका छन्।
आफूले २०५४ सालमा स्थापना गरेको विद्यालयमा पढ्न आउने बालबालिका आर्थिक अभावका कारण बीचमा पढाइ छाड्न बाध्य हुननपरोस् भनेर अक्षयकोष खडा गरेको दाता थापाले राससलाई बताए।
श्री थापा र उनका पाँच दाजुभाइले विद्यालयलाई दान गरेको १ रोपनी ३ आना जग्गामा विद्यालय निर्माण गरिएको छ। कक्षा १ देखि ८ सम्म अध्यायपन हुने उक्त विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत छन्।
