बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कम तौल भएका छहारी र ओमकार ब्रान्डको ९ सय ५ कार्टुन सनफ्लावर  तेल बरामद, सञ्चालक प्रकाउ

शुक्रबार, वैशाख २५ २०८३
कम तौल भएका छहारी र ओमकार ब्रान्डको ९ सय ५ कार्टुन सनफ्लावर  तेल बरामद, सञ्चालक प्रकाउ

कार्यालयले ९ सय ५ कार्टुन  सनफ्लावर 'छहारी ब्रान्ड'को तेल सहित सञ्चालक विजय श्रेष्ठलाई प्रकाउ गरेको हो।

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरी ठगी गर्ने व्यक्ति पक्राउ पक्राउ गरेको छ।

कार्यालयले ९ सय ५ कार्टुन  सनफ्लावर 'छहारी ब्रान्ड'को तेल सहित सञ्चालक विजय श्रेष्ठलाई प्रकाउ गरेको हो।

ललितपुर जिल्ला गोदावरी  नगरपालिका वडा नम्बर पाँचमा सञ्चालन भएको ओमकार आयल इन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी/ओमकार ब्राण्डतेल तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ गरी बिक्री गरेको अवस्थामा श्रेष्ठलाई प्रकाउ गरेको हो।

कार्यालयले ७ सय ३० कार्टुन छहारी ब्रान्डको सनफ्लावर र १ सय ७५ कार्टुन छहारी र ओमकार ब्रान्डको तेल बरामद गरेको हो।

प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend