बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

शुक्रबार, वैशाख २५ २०८३
कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो।

म्याग्दी- बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ। 

बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो। 

योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताए। 

विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो। पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन्। 

पर्वतको लामढुंगादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण भएका छन्।

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन छ। सो सडकमा छ वटा ‘बेलिब्रिज’ पनि निर्माण भएका छन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend