बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

शुक्रबार, वैशाख २५ २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो २८ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६६ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो १३० रुपैयाँ, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १७० रुपैयाँ, तीते करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ७५ रुपैयाँ, झिगुनी प्रतिकिलो ८० रुपैयाँ, घिरौँला प्रतिकिलो ८० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १२० रुपैयाँ, तोरीसाग प्रतिकिलो ३५ रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३२० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो प्रतिकिलो १०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ११० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, सजीवन प्रतिकिलो १५० रुपैयाँ, कोइरालो प्रतिकिलो ३५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ६० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सेलरी प्रतिकिलो १२० रुपैयाँ, सौफको साग प्रतिकेजी १०० रुपैयाँ, पुदिना प्रतिकिलो ११० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा प्रतिदर्जन २२० रुपैयाँ, कागती प्रतिकेजी ३८० रुपैयाँ, अनार प्रतिकिलो ५०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो ३०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ४५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ७० रुपैयाँ, रुखकटहर प्रतिकिलो ७० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ र एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो १०० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६०० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ८० रुपैयाँ, खुर्सानी हरिया (बुलेट) प्रतिकेजी १०० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ८० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो १९० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, माछा (सुकेको) प्रतिकेजी ८०० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३०९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend