बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भन्सार विभागले गर्‍यो नेशनल सिंगल विन्डो पोर्टलमार्फत आईटीभी डिक्लेरेशन प्रणाली कार्यान्वयन

शुक्रबार, वैशाख २५ २०८३
भन्सार विभागले गर्‍यो नेशनल सिंगल विन्डो पोर्टलमार्फत आईटीभी डिक्लेरेशन प्रणाली कार्यान्वयन

भन्सार विभागले नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडव्लू) पोर्टलमार्फत आईटीभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा ल्याएको छ।

काठमाडौं- भन्सार विभागले नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडव्लू) पोर्टलमार्फत आईटीभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा ल्याएको छ।

विभागले सबै भन्सार कार्यालयलाई परिपत्र जारी गर्दै उक्त प्रणाली नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभाग, सूचना प्रविधि प्रणाली शासन तथा विकास शाखाले २०८३ वैशाख २३ गते जारी गरेको सूचनाअनुसार विभागको २०८३ वैशाख १७ गतेको निर्णयपछि एनएनएसडव्लू प्रणालीमा विकसित आईटीभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ।

नयाँ प्रणालीमार्फत अब आईटीभी सम्बन्धी घोषणा एनएनएसडव्लू पोर्टलबाट सहज रूपमा गर्न सकिनेछ। साथै, म्यानुअल प्रक्रिया तथा विद्युतीय भुक्तानी दुवै माध्यमबाट शुल्क भुक्तानी गर्ने व्यवस्था पनि मिलाइएको छ।

भन्सार विभागले सबै भन्सार कार्यालय तथा मातहतका निकायलाई एनएनएसडव्लू पोर्टल प्रयोग गरी आईटीभी सम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

विभागले आफ्नो आधिकारिक वेबसाइट भन्सार विभागमा आईटीभी मोड्युलको लिंक थप गरिएको तथा क्युआर कोड स्क्यान गरेर पनि डिक्लेरेशन गर्न सकिने व्यवस्था रहेको जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३०८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend