चितवन- मुग्लिन-नारायणघाट सडक खण्डअन्तर्गत तुइन खोलामा ढुंगा खसेर गाडीमा आगलागी भएको छ। नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बीएडी ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो।
माथिबाट खसेको ढुंगा गाडीको इन्धन ट्यांकीमा लाग्दा ठोक्किएर आगलागी भएको र गाडी पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। दुर्घटनाबाट मानवीय क्षति नभएको उनले बताए। रासस
