बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पोखरी पुरेर निर्माण गरेको भन्दै छायादेवी कम्प्लेक्स भत्काउन माग

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २४ २०८३
पोखरी पुरेर निर्माण गरेको भन्दै छायादेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका सभापति कवीर डंगोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताए।

काठमाडौं- काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन्।

अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले-कार्ड प्रदर्शनमा बसेका थिए। उनीहरुले विगतका सरकारका पालामा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदा मासेर निजी भवन बनाउँदा वास्ता नगरेको गुनासो गरे।

त्यसबेला गरिएको उजुरीको सुनुवाइ नगरी बेवास्ता गरेकाले वर्तमान सरकारले सार्वजनिक जग्गा खाली गराइरहँदा यस विषयमा जागरण फैलाउन प्रदर्शन गरिएको उनीहरुको भनाइ छ।

सम्पदा संरक्षण नेपालका सभापति कवीर डंगोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताए।

‘सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ’ भन्ने नाराका साथ अभियानकर्मीले ठमेलको कमलपोखरी सार्वजनिक स्थल भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानुनविपरीत भएको बताएका छन्।


प्रकाशित : बिहीबार , वैशाख २४ २०८३१६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend