बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २४ २०८३
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै १२ लाख २५ हजार र मकाउ पठाइदिन्छु भन्दै पाँच लाख ५० हजार रुपैयाँ ठगेका थिए।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो।

अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख, डिल्लीमानले दुई जनाबाट १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख २५ हजार र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट पाँच लाख ५० हजार ठगेका थिए। 


प्रकाशित : बिहीबार , वैशाख २४ २०८३१५:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend