सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २४ २०८३
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.६४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.६४ अंकले बढेर २७११.२२ मा पुगेर बन्द भएको थियो।

काठमाडौं- सेयर बजार परिसूचक नेप्से यो साताको चौथो कारोबारमा सामान्य अंकले बढेको छ।

आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.६४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.६४ अंकले बढेर २७११.२२ मा पुगेर बन्द भएको थियो। 

आजको कारोबारमा ३ सय ३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर ४५ हजार ६५ पटक किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८ सय ७७ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरे साढे १२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनीको १७ करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

आजको कारोबारमा ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहमध्ये परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५७ प्रतिशत बढेको छ। 

त्यसैगरि निर्जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.०८, लगानी ०.०७ र फाइनान्स ०.०८ प्रतिशत घटे भने हाइड्रोपावर समूह स्थिर रह्यो। स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढ्यो। सिर्जनशील लघुवित्तको ४.२९, पियोर इनर्जीको ४.२४, त्रिशूली जलविद्युतको ३.८५ प्रतिशत बढेकाे छ।

 


प्रकाशित : बिहीबार , वैशाख २४ २०८३१५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend