बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चिनियाँ सद्भाव, व्यापारिक भवनमा निःशुल्क स्थान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २४ २०८३
चिनियाँ सद्भाव, व्यापारिक भवनमा निःशुल्क स्थान

उक्त काउण्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा एक वर्षका लागि निःशुल्क सटर उपलब्ध गराउन सहमति जनाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले जानकारी दिए।

काठमाडौं- मुस्ताङ चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका  व्यापारीलाई कोरलास्थित व्यापारिक  भवनमा निःशुल्क स्थानको व्यवस्था गर्ने भएको छ। 

उक्त काउण्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा एक वर्षका लागि निःशुल्क सटर उपलब्ध गराउन सहमति जनाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले जानकारी दिए। 

नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले भवनका सटर एक वर्षका लागि व्यापारीलाई निःशुल्क उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको तथा दोस्रो वर्षदेखि शुल्क तिर्नुपर्ने व्यवस्था भएको उनले बताए। 

उक्त भवनमा व्यापार गर्न चाहने ४५ जनाले नाम दर्ता गराएका छन्। लोमान्थाङ-२ छोसेरका वडाध्यक्ष कर्मा नाम्ग्याल गुरुङले सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन्। यो वर्ष ५० वटा सटर उपलब्ध हुने वडाध्यक्ष नाम्ग्यालले बताए। 

विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङको दुईपालिकाका लागि औपचारिक रुपमा नाका खुल्ला गरिएको थियो। नाका खुलेपछि सीमावर्ती क्षेत्रका स्थानीयले बोर्डर पास लिएका थिए। कोरलानाकामा हाल नेपाल–चीन दशगजा क्षेत्रको नेपाली भूमिमा करिब ७० जनाले त्रिपाल टाँगेर व्यवसाय गर्दै आएका  छन्।रासस


प्रकाशित : बिहीबार , वैशाख २४ २०८३१३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend