बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

बुधबार, वैशाख २३ २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न अनुमति दिएको हो। अदालतले व्यवसायी भट्टलाई पाँचौँपटक र अग्रवाललाई छैटौँ पटक अनुसन्धानका लागि म्याद थप गर्ने अनुमति दिएको हो।

व्यवसायी भट्ट गएको चैत १९ गते र अग्रवाल चैत २२ गते पक्राउ परेका थिए। सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend