बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको नेतृत्व, यस्तो छ विजयी टिम

बुधबार, वैशाख २३ २०८३
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको नेतृत्व, यस्तो छ विजयी टिम

एशोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन्। एशोसिएटतर्फ १७ जना सदस्यका लागि ३३ जना उमेदवार रहेका थिए। जसमा सबैभन्दा बढी मत ल्याउँदै सचिन ढकाल विजयी भएका छन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनसहितको ६० औँ साधारण सभा सम्पन्न भएको छ। सभाबाट महासंघको नेतृत्वमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएका छन्।

उद्योग वाणिज्य महासंघ अब तीन वर्ष अञ्जनको नेतृत्वमा रहने छ। कार्यसमितिमा सुविधाजनक आफ्नो पकडसहित अध्यक्षको कुर्सीमा श्रेष्ठ पुगेका छन्। 

नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ। वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने छ।

अञ्जनको टिममा जिल्ला नगरतर्फबाट उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। 

जिल्ला नगरतर्फबाट केन्द्रीय कार्यसमित सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुर्दशन कार्की र हरिप्रसाद अर्याल विजयी भएका छन्।

कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा विजयी भएका छन्। मधेश प्रदेशबाट अमरनाथ शाह र विकास कुमार सारडा विजयी भएका छन्।

बागमती प्रदेशबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् भने गण्डकी प्रदेशबाट पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ विजयी भएका छन्।

लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी विजयी भएका छन्। कर्णाली प्रदेशबाट यसअघि नै पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका थिए।

सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी विजयी भएका छन् भने दानबहादुर सुर्मेली र पदमराज चौलागाईंले बराबर मत ल्याएका छन्।

यसैगरी अञ्जन नेतृत्वको महासंघमा वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्।

वस्तुगत समूहबाट केन्द्रीय सदस्यमा अरिनको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, बिदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजुकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन्।

वस्तुगत समूहकै महिलामा सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन्।

वस्तुगत महासंघबाट केन्द्रीय कार्यसमिति सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमीरे विजयी भएका छन्।

यसैगरी एशोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन्। एशोसिएटतर्फ १७ जना सदस्यका लागि ३३ जना उमेदवार रहेका थिए। जसमा सबैभन्दा बढी मत ल्याउँदै सचिन ढकाल विजयी भएका छन्।

विजयी हुने अन्यमा हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, रामशरण भण्डारी, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्ण लाल महर्जन, प्रियराज रेग्मी, ईश्वर बहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने रहेका छन्।

एशोसिएटबाट केन्द्रीय कार्यसमित सदस्यमा महिलाबाट अभिज्ञा मल्ल र  जुना माथेमा विजयी भएका छन्।

द्विराष्ट्रिय समूहबाट केन्द्रीय कार्यसमिति सदस्यमा मनोज पौडेल साथै संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

उद्योग वाणिज्य महासंघको अध्यक्ष बने अञ्जन श्रेष्ठ, कार्यसमितिमा सुविधाजनक पकड उद्योग वाणिज्य महासंघको अध्यक्ष बने अञ्जन श्रेष्ठ, कार्यसमितिमा सुविधाजनक पकड


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend