बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

बुधबार, वैशाख २३ २०८३
उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

महासंघको बाँकी कार्यसमितिको निर्वाचनको मतपरिणाम पनि आइसकेको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्।

यस्तै एशोसिएटतर्फको महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि दुईजना र सदस्यका लागि चार जना उम्मेदवार थिए। एशोसिएटमा पाण्डेको टिमबाट अधिकांशले जितेका छन्। 

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मंगलबार निर्वाचन भएको थियो। महासंघको बाँकी कार्यसमितिको निर्वाचनको मतपरिणाम पनि आइसकेको छ। मत परिणामअनुसार अञ्जन श्रेष्ठको समूहले नै अधिकांश क्लस्टरमा जित हात पारेको छ।

उद्योग वाणिज्य महासंघको अध्यक्ष बने अञ्जन श्रेष्ठ, कार्यसमितिमा सुविधाजनक पकड उद्योग वाणिज्य महासंघको अध्यक्ष बने अञ्जन श्रेष्ठ, कार्यसमितिमा सुविधाजनक पकड


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend