बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उपत्यकामा गुड्ने सवारीसाधनको प्रदूषण स्तर मापन सुरु, मापदण्ड नपुगे इजाजत निलम्बन गरिने

बुधबार, वैशाख २३ २०८३
उपत्यकामा गुड्ने सवारीसाधनको प्रदूषण स्तर मापन सुरु, मापदण्ड नपुगे इजाजत निलम्बन गरिने

परीक्षणका क्रममा प्रदूषण मापदण्ड पूरा गर्न नसकेका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

काठमाडौं- वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको स्थलगत प्रदूषण स्तर मापनका लागि स्थलगत जाँच अभियान सुरु गरेको छ।

विभागले बुधबार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदूषण परीक्षण गरेको हो।

काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा जाँच प्रक्रिया अघि बढाइएको हो।

स्थलगत जाँचका क्रममा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँको अवस्थाका अतिरिक्त ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत सूक्ष्म निरीक्षण गरिरहेको विभागले जनाएको छ।

विद्यमान कानूनी व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधनले प्रत्येक ६/६ महिनामा र साना तथा मझौला सवारीसाधनले वर्षमा एक पटक यातायात कार्यालयमा अनिवार्य प्राविधिक जाँच गराउनुपर्ने प्रावधान छ।

bus pradusan check  (3).jpg

परीक्षणका क्रममा प्रदूषण मापदण्ड पूरा गर्न नसकेका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

प्रदूषण परीक्षणमा असफल भएका सवारीसाधनको रुट इजाजत मापदण्ड उत्तिर्ण नहुन्जेलसम्मका लागि निलम्बन गरिने प्रावधान रहेको छ। त्यस्ता सवारीसाधनले आफूसँग रहेका यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पुर्‍याएपछि पुनः सडकमा गुडाउन पाउने छैनन्।

सवारी धनीले आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदूषण जाँच गराएर मापदण्ड पूरा गरेको सुनिश्चित भएपछि मात्र सवारीसाधन सञ्चालनको अनुमति पाउने विभागले जनाएको छ। वातावरण संरक्षण र सहरी प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

bus pradusan check  (2).jpg
bus pradusan check  (4).jpg
bus pradusan check  (5).jpg
bus pradusan check  (6).jpg
bus pradusan check  (7).jpg


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend