तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ।
मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ। ‘सर्भिस लेन’ निर्माण जारी छ।
सेती नदीमा एक अर्ब सात करोड रुपैयाँको लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ। चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।
एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन-पोखरा सडक विस्तार गरिएको हो। रासस
