काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २८ र आलु रातो (भारतीय) प्रतिकिलो २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रुपैयाँ रहेको छ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो ४०, बन्दा (नरिवल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ७०, काउली ज्यापू प्रतिकिलो ८०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो५५ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो १ सय १०, मकै बोडी प्रतिकिलो ९०, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो ८५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १ सय, घिउ सिमी (राजमा) प्रतिकिलो १ सय, भटमास कोसा प्रतिकिलो १ सय ७०, तीते करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ५०, परवर (लोकल) प्रतिकिलो ८०, परवर (तराई) प्रतिकिलो ७०, चिचिन्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो ७५, भिन्डी प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ५५ रुपैयाँ कायम गरिएको छ।
रायोसाग प्रतिकिलो १सय , पालुङ्गो प्रतिकेजी १ सय , चमसुर प्रतिकिलो १सय , तोरीसाग प्रतिकिलो ३०, मेथीको साग प्रतिकिलो १ सय, हरियो प्याज प्रतिकिलो १ सय ५०, तल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २सय ४०, च्याउ (डल्ले) प्रतिकिलो ४ सय , राजा च्याउ प्रतिकेजी ३ सय २० र सिताके च्याउ प्रतिकेजी १ हजार रुपैयाँ निर्धारण गरिएको छ।
कुरिलो प्रतिकिलो ५ सय, निगुरो प्रतिकिलो १ सय , ब्रोकाउली प्रतिकिलो १ सय, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो १ सय ३०, कोइरालो प्रतिकिलो ३ सय, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो १ सय, पार्सले प्रतिकिलो ३ सय, सेलरी प्रतिकिलो १ सय ३०, सौफको साग प्रतिकेजी १ सय, पुदिना प्रतिकिलो १ सय १०, गान्टेमुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १ सय ८०, तामा प्रतिकिलो १ सय ५०, तोफु प्रतिकिलो १सय ५० र गुन्द्क प्रतिकिलो ३ सय रुपैयाँ तोकिएको छ।
स्याउ (झोले) प्रतिकिलो २ सय ५०, स्याउ (फुजी) प्रतिकिलो ३ सय, कागती प्रतिकेजी ३सय ८०, अनार प्रतिकिलो ४सय ५०, अङ्गुर (हरियो) प्रतिकिलो ३ सय, अङ्गुर (कालो) प्रतिकिलो ४ सय ५०, तरबुजा हरियो प्रतिकिलो ४५, भुइँकटहर प्रतिगोटा २ सय ५०, काँक्रो (लोकल) प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ८०, खकटहर प्रतिकिलो ७०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ८०, मेवा (भारतीय) प्रतिकिलो ९० र एभोकाडो प्रतिकिलो ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, अदुवा प्रतिकिलो १ सय, सुकेको खुर्सानी प्रतिकिलो ४ सय ५०, खुर्सानी हरियो प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७०, माछे खुर्सानी प्रतिकिलो ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६ सय, भेडेखुर्सानी प्रतिकिलो ७०, हरियो लसुन प्रतिकिलो २ सय, हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २ सय, लसुन सुकेको (नेपाली) प्रतिकिलो १ सय, ताजा माछा (रहु) प्रतिकिलो ३ सय ४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३ सय १० र ताजा माछा (छडी) प्रतिकिलो ३ सय रुपैयाँ निर्धारण गरिएको छ।
