बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २३ २०८३
ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ३९ जनालाई कारबाही गरिएको हो।

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा ६ लाख ४१  हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ३९ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १सय ३८, एकतर्फी सडकमा सवारी चलाउने १ सय १० र अन्य सवारी नियम पालना नगरेका १ हजार हजार १ सय २५ जनालाई कारबाही गरिएको हो।

प्रकाशित : बुधबार, वैशाख २३ २०८३१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend