काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र मन्त्रीहरूबीचमा अन्तरक्रिया गर्ने गराउने भएको छ। रास्वपा संसदीय दलको कार्यालयमा आज हुने उक्त अन्तरक्रिया कार्यक्रम बजेट केन्द्रित हुनेछ।
सांसदहरूले बजेटमा आफ्नो क्षेत्रको चासोका कार्यक्रम समावेश गर्न व्यक्तिगत रुपमा दबाब दिएपछि थामथुम पार्नका लागि संयुक्त अन्तरक्रिया गर्ने भएको हो।
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग सांसदहरूले अन्तरक्रिया गर्नेछन्।
बजेटको तयारी भइरहेको र कार्यक्रम अझै लक नभएका कारण सांसदहरूले आफ्नो कार्यक्रम राख्नका लागि निरन्तर दाबाब दिइरहेका छन्।
अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल समापन गरिसक्दा पनि कार्यक्रमको सिफारिस नरोकिएपछि सांसदमा असन्तुष्टि नबढोस् भनेर पार्टीले नै अन्तरक्रिया गर्न लागेको हो।
