बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

मन्त्रालयले विभागमा कार्यरतमध्ये वरिष्ठ सहसचिव तथा उपमहानिर्देशक अर्याललाई निमित्तको जिम्मेवारी दिएको हो।

काठमाडौं- अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी विभागकै वरिष्ठ उपमहानिर्देशक रमेश अर्याललाई दिएको छ। 

यसअघिका महानिर्देशक मदन दाहाल सरुवा भएपछि खाली रहेको र अर्को महानिर्देशकको जिम्मेवारी तोकिएको थिएन। बजेटको सघन तयारीमा जुटेको समयमा आन्तरिक राजस्व विभाग नै नेतृत्वविहिन अवस्थामा थियो। 

मन्त्रालयले विभागमा कार्यरतमध्ये वरिष्ठ सहसचिव तथा उपमहानिर्देशक अर्याललाई निमित्तको जिम्मेवारी दिएको हो। 

प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend